इन्डोनेशियाद्वारा ९ सय बिलियन डलरको ‘दानतारा’ फन्ड घोषणा : विज्ञ रे डालियो सल्लाहाकार

दियोपोस्ट संवाददाता

जकार्ता : एशियाली मूलुक इन्डोनेशियाले आफ्नो मुलुकका लागि आवश्यक पर्ने ९ सय बिलियन डलरको सार्भभौम फन्ड जुटाउनका लागि अमेरिकी विज्ञ तथा हेज फन्डका म्यानेजर रे डालियोलाई नियुक्त गरेको छ ।

इन्डोनेशियाले उक्त फन्डलाई ‘दानानतारा’को नाम दिएको छ । सरकारले उक्त फन्ड जुटाउने रणनीति तयार पार्नका लागि ‘ड्रिम टिम’ को घोषणा गरेको रोयटर्सले जनाएको छ । जसमा रे डालियो, अर्थशास्त्री जफरी सैक्स र थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाकसिन शिनावात्रा लगायतको समुह छन् ।

गत महिना घोषणा गरिएको ‘दानानतारा’ अभियानलाई इन्डोनेशियाका राष्ट्रपति प्राबोबो सुबयान्टोले मुख्य भूमिका निभाएका छन् । जसले राज्यको स्वामित्व रहेको सबै उद्यम र शेयरको प्रबन्धन गरि व्यापारिक परियोजनामा पुनर्लगानी गरि २०२९ सम्म मुलुकको आर्थिक बृद्धि ८ प्रतिशतले बढाउने लक्ष लिएको छ ।

यो फन्डका लागि ९ सय बिलियन डलरभन्दा बढी सम्पतित प्रबन्धन गर्ने लक्ष लिएको छ । जसलाई अधिकारीहरुले सिंगापुरको टेमासेकको इन्डोनेशियाली संस्करण समेत दाबी गरेका छन् ।
इन्डोनेशियाली भूतपूर्व राष्ट्रपति जोको विदोदो र सुशिलो बाङबाङ योधोयोनोलाई पनि कमिटिको नेतृत्वदायी भूमिकामा राखिएको छ । डालियो विश्वको सबैभन्दा ठूलो हेजफन्ड कम्पनि ब्रिजवाटर ईन्भेष्टमेन्टका संस्थापक हुन् । उनको साथमा अर्बपति समेत रहेका सत्ता गरि भ्रष्टाचार गरेको आरोपमा जेल समेत बसेका र १५ वर्षसम्म निर्वासनको जीवन बिताएका शिनवात्रा हाल थाइल्याण्डका प्रधानमन्त्री पेइट्रोगटार्न शिावात्राको पिता हुन् ।

रोयटर्सले पूर्वप्रधानमन्त्री विडोडो र युधोयोनोलाई तुरुन्तै सम्पर्क गर्दा उनीहरुसँग सम्पर्क हुन सकेन । त्यस्तै ब्रिजवाटर थाकसिनका प्रतिनिधिले पनि प्रतिक्रिया माग्दा जवाफ दिएका छैनन् । मिडिया रिपोर्टहरु अनुसार पूर्वब्रिटिस प्रधानमन्त्ती टोनी ब्लेयर समेत दिनताराको सल्लाहकार बन्दैछन् । दिनताराका सिईओ रोसन रोसेलानीले फन्ड आउनुअघि नै नामको घोषणा हुने बताए । यता सल्लाहकार समितिका सदस्य सैक्सले ईमेल मपार्mत आफूलाई प्रबोबोको विशेष सल्लाहकारको रुपमा नियुक्त गरिएको बताएका छन् । उनले भने,‘मेरो क्षमताको आधारमा म दिताराको सल्लाहकार बोर्डमा काम गर्छु । मेरो काम पुरै स्वयच्छिक हो । इंडोनेशियाको सतत विकासलाई समर्थन गर्नका लागि र बिना कुनै पारिश्रमिक ।’

दिनताराको मुख्य लगानी अधिकारी पान्डु सहजिरले नियुक्ती समारोहमा सल्लाहकारहरुले तिब्र वित्तिय अस्थिरता र भूराजनीतिक कारणदेखि वैश्विक जोखिमको प्रभावबाट मुक्त गर्ने मार्गदर्शन दिने बताए ।

दिनतारा प्रोजेक्टको पहिलो संस्करणको २० बिलियन डलर प्राकृतिक स्रोत साधन, आर्टिफिसियल ईन्टेलिजेन्स (एआई)को विकास, उर्जा खाध्य सुरक्षामा लक्षित गर्नेछ ।

केही विश्लेषकहरुका अनुसार दक्षिण एशियाली बजारमा देखिएको पछिल्लो आर्थिक सुचकांकहरुका कारण इंन्डोनेशियाले यो हस्तक्षेप गरेको विश्लेषण गरेका छन् । उनीहरुका अनुसार जब शेयर सचकांक ७ प्रतिशतले गर्न थाल्यो त्यसपछि ब्यापार समेत रोकियो । इन्डोनेशियाको शेयर बजार सोमबार सन् २०२१ पछि सबैभन्दा तल्लो स्तरमा गिरावट आएको छ । रुपैयाँ मुद्रा समेत तीन सप्ताहसम्म निरन्तर तल झरेको छ । किनकी देशको राज्य कोशीय स्वास्थ्य र विकासको संभावना चिन्ताजनक अवस्थामा छ । यद्धपी प्रवोवोले फन्डको अडित जहिले पनि जसले पनि गर्नसक्ने दाबी गरेका छन् ।
रोशनका अनुसार व्यावसायीक व्यक्तित्वहरुको नियुक्तीले बजारको भरोसा अझै मजबुद हुनेछ । उनले कार्यक्रममै भनेका थिए,‘जब यी नामहरुमाथि निकै राम्रो प्रतिक्रिया मिल्छ भने यो इन्डोनेशियाली अर्थव्यवस्था र रोजगार सृजनाको लागि सकारात्मक संकेत हुन सक्नेछ । अब इन्डोनेशियाली सबै सरकारी स्वामित्ववाला उद्यम नयाँ फन्डको प्रबन्धनको अधिनमा हुनेछ ।

किवुम सेकुरिटासका इक्विटी विश्लेषक ओक्टोवियानस ओडीले भनेकी दिनताराको टिम संरचनाले संभावित रुपमा बजारलाई भरोसा दिलाउनेछ । किनकी यसमा वैश्विक नाम समेत सामेल छ । जसको वित्तीय क्षेत्रमा विश्वसनियता छ ।

यद्धपी पारामादिना विश्वविद्यालयका अर्थशास्त्री विजायन्तो समारिनले फन्डको लगानीमा भविष्यमा राजनीतिक हस्तक्षेप नहुने सुनिश्चित हुनुपर्ने बताए ।
मुलुकको पहिलो स्वायत्त फन्ड दिनताराको निर्देशकहरुमा मन्दिरी र एचएसबिसी बैंकका कर्मचारीहरु, केन्द्रीय बैंकका पूर्व निर्देशहरु, लगानी बोर्डका पूर्वमुख्यअधिकारीहरु सामेल छन् ।

सम्बन्धित खबर