छट्टु सांसद ज्ञानेन्द्र शाहीले संसद भवन परिसरमै संविधानबारे झूट बोलेर हिँडे

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपालको संविधान २०७२ लाई मान्दिन भन्ने समुह मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही प्रखर सुनिन्छन् । संसद भित्र संविधान र गणतन्त्रको चर्को आलोचना गर्ने शाहीले संसद बाहिर युट्युवरलाई भने बेवकुफ बनाएर हिँडेका छन् । सोमबार प्रतिनिधि सभा बैठकबाट बारिने क्रममा उनले संविधानको धारा २७४ मा हुँदै नभएको बुँदा उल्लेख गर्दै सांसद पदको समेत ख्याती खतरामा पारेका छन् ।

संसदबाट निस्कने क्रममा शाहीलाई युट्युबरले गणतन्त्रको सुविधा र गाडी किन लिनुहुन्छ भन्ने युट्युवरको प्रश्न गर्दै र्याखर्याख्ती पारेका थिए । ‘गाडी मात्रै होइन म तलबै लिन्छु । जनताबाट जितेर आएको सांसदले तलब खान्छ तपाईंलाई टाउको दुखाई केही छ रु त्यो मेरो अधिकार हो । तलब लिएन भने म कसरी बाँच्छु । सेवा सुविधामा म संसदीय दलको प्रमुख सचेतक हुँ,’ उनी भन्छन् । युट्युवरले प्रश्न गर्न खोज्दा उनी जंगिन्छन् र भन्छन्,‘सुन्दैन तपाईंको कुरा । तपाईंले बायस काम गर्नुभयो ।’ युट्युबरलाई उनले माओवादी युवा हो भन्दै आरोप समेत लगाउँछन् ।

युट्युवरले तपाईंले संविधान मान्नु हुन्न नी भन्ने प्रश्नमा उनले युट्युवरलाई प्रतिप्रश्न गर्दै भन्छन्,‘ संविधानको दफा २७४ पढेर आउने नपढीकन फ्याट्ट बोल्ने होइन । एकछिन् एकछिन् नेपालको संविधानको धारा २७४ ले के भन्छ मलाई पढेर सुनाउनुस् न । पढेर सुनाउनु न तपाईं ?’ जवाफमा युट्युबरले सबै धारा कसले पढेको हुन्छ भन्छन् । अझै झोकिँदै उनी भन्छन्, ‘संविधान आफू नपढ्ने युट्युवमा भ्युज कति आउँछ भनेर तपाईं काम गर्ने ? २७४ ले के भन्छ सुन्नुस् । यो संविधान मान्दिन भन्ने मान्छे पनि यो देशको सांसद हुन सक्छ भनेर लेख्याछ । सकियो यत्ति हो’ भन्दै उनी अरु प्रश्न नै नसुनि हिँडिदिन्छन् ।

तर, उनले भनेको जस्तो नेपालको संविधानको धारा २७४ मा कुनै वाक्य उल्लेख छैन । संविधानको धारा २७४ मा संविधान संशोधन कस्तो अवस्थामा गर्न सक्ने भन्ने विषयमा उल्लेख छ । यो धाराको १० वटा उपधारा छन् । यी उपधारामा कुनै पनि ठाउँमा शाहीले भने जस्तो वाक्य उल्लेख गरिएको छैन ।

सिफारिस