रसियामा विमान दुर्घटना, ६२ जनाको मृत्यु

दियो पोस्ट  

एजेन्सी । दुबईबाट रसियाको लागि उडेको विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ६२ जनाको मृत्यु भएको छ ।
एफजेड ९८१ नम्बरको फ्लाई दुबईको बोइङ ७३७–८०० विमान शनिबार विहान दक्षिणी रसियाको रास्तोव अन–डनमा अवतरणका क्रममा दुर्घटनामा परेको हो । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार अवतरणको क्रममा ‘रन वे’मा दुर्घटनाग्रस्त भएको हो । चालक दलका चार सदस्य र ५५ जना यात्रु सवार रहेको जनाइएको छ ।
दुर्घटनामा परेको विमानमा आगोलागि भएको थियो ।

विमान दुर्घटनापछि सिसिटीभिले खिचेकाे फूटेज यस्ताे छ :