विप्ल माओवादीका मजदुर प्रहरी नियन्त्रणमा

दियो पोस्ट  

चितवन,चैत ७
स्थायी हुनुपर्ने र तलब वृद्धि गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका चितवन मेडिकल कलेजमा कार्यरत नेकपा माओवादी विप्लव निकट अखिल नेपाल स्वास्थ्य तथा सरसफाइ श्रमिक मजदुर सङ्घमा आबद्ध मजदुरहरुलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ ।

उनीहरुले अस्पतालको बहिरङ्ग सेवा बन्द गराउन खोजेपछि प्रहरीले हस्तक्षेप गरी ३० जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए । उनीहरुले प्रशासनको गेटमा फोहर थुपारेर प्रशासन बन्द गराएका थिए ।