काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर प्रहरी बर्दिको दरुपयोग गर्ने प्रहरी उपरिक्षक मोहन थापासहितको समुहलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टरमा ‘काज फिर्ता’ गरेको छ । करिब ८ अर्ब भन्दा बढी भ्रष्टाचार भएको राहदानी खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबीनमा गम्भिर लापरबाही गरेको आशंकामा प्रधानमन्त्री बालेन शाह सचिवालयको निर्देशनमा थापासहितको समुहलाई अख्तियारबाट काज फिर्ता गराइएको हो ।
अख्तियार स्रोतका अनुसार अख्तियारको प्रहरी महासाखामा कार्यरत एसपी थापासहित अर्का एक एसपी, ६ डिएसपी र ९ इन्सपेक्टरलाई एकैसाथ सरुवा गरिएको हो ।
गृहमन्त्री सुधन गुरुङले डिआइजी शेखर खनाल बाहेक सम्पूर्ण अधिकारीलाई सरुवा गर्न आदेश दिएका थिए । ‘पिएसओसम्म पनि सरुवा गर्न आदेश थियो । पिएसओको खासै भूमिका नभएका कारण हाललाई पिृएसओ हटाउने विषय स्थगित गरिएको छ,’ प्रहरी हेडक्वार्टर स्रोतले दियोपोस्टलाई भन्यो,‘विशेष गरी राहदानी खरिदको ठेक्कामा अनियमितता गर्ने र अभियुक्तलाई भगाउनेसम्मको गतिविधिमा अख्तियारमै कार्यरत एसपीको भूमिका देखियो भन्ने आएको छ । ठेक्का प्रक्रियामा सहभागी भएर लाभ पाउने र ४० करोड रुपैयाँ भन्दा बढि मोबिलाइजेसन रकम बुझ्ने व्यक्तिहरु अनुसन्धानको दायरामै परेनन् भन्ने गुनासो पनि आएको छ । यी सबै विषयमा छानबीन हुनेछ ।’
अख्तियारमा कार्यरत प्रहरी उपरिक्षक मोहन थापाकै निर्देशनमा दियोपोस्ट डटकमको फेसबुक पेज समेत बन्द गराउने गैरकानुनी कार्य समेत भएको थियो । त्यस्तै प्रहरीको लेटरप्याड दुरुपयोग गरी मेटा कम्पनि, खैरहनी नगरपालिका चितवन र काभ्रेको तेमाल गाउँपालिकालाई समेत पत्राचार गरेको भन्दै अभियोग पत्र खडा गर्ने गैरकानुनी क्रियाकलापको पर्दापछाडीको भूमिका उनै थापाले निभाएका थिए ।
राहदानी खरिद ठेक्का घोटालाका ‘अभियुक्त’ अख्तियारकै सूचनामा भगाएको खुलाशा !
अख्तियारको प्रहरी दुरुपयोग भएको खुलाशा : करकापमा पारेर बयान लिएको प्रकाश पाठकको आरोप
अनुसन्धान कि जालसाजी? दियोपोस्टले छाप्दा ‘पत्र’, प्रहरीले अदालत पुर्याउँदा बन्यो ‘हतियार’ !