काठमाडौं, ७ चैत्र । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणमा जम्बो टोली समाबेश भएको भन्दै आपत्ति जनाएका छन् । उनले भूकम्पले थिल्थिलो बनेको अवस्थामा सय जनाको जम्बो टोली र नीजि विमान चढ्नु ज्यादतिपूर्ण भएको बताएका छन् ।
उनले प्रधानमन्त्रीको चीन भ्रमणको शुभकामना दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज चैत्र ७ गतेबाट शुरु भएको प्रम ओलीको चीन भ्रमण शुभ रहोस्, सफल रहोस् परन्तु भूकम्प र नाकाबन्दीले थिल्थिलो भएको देशको नाजुक अर्थतन्त्रको ढाड भाँचिने गरी सय जनाको जम्बो टोली लैजानु र सार्वजनिक स्वामित्वको नेपाल एअरलाइन्सका जेट विमान छँदाछँदै संचालनमा आईनसकेको निजी क्षेत्रको विमान चार्टर गरेर जानु चाहिँ अलि बढी ज्यादतिपूर्ण र अशोभनिय नै भयो है ।’