बेल्जियमको ब्रसेल्स बिमानस्थलमा शक्तिशाली विस्फोट, दर्जनाैंकाे मृत्यु

diyopost.com
दियो पोस्ट  मंगलबार, चैत्र ०९, २०७२ | १२:०५:२९

ब्रसेल्स, ९ चैत । बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थलमा मङ्गलबार बिहान शक्तिशाली विस्फोट भएको समाचार छ ।

सो विस्फोटमा परी कम्तीमा पनि एक दर्जनकाे  ज्यान गएको छ भने अरु कैयौँ घाइते भएका छन् । घाइतेको अवस्था र सङ्ख्या खुल्न सकेको छैन ।
मङ्गलबार बिहान दुई वटा शक्तिशाली विस्फोट भएका थिए । ती विस्फोटमा परी कैयौँ व्यक्ति घाइते भएका छन् ।

विमानस्थलको टर्मिनल भवनबाट धुवाँ उडिरहेको र त्यस घर वरिपरिको वातावरण अत्यन्तै तनावपूर्ण रहेको जानकारी ब्रसेल्सका टेलिभिजनहरुले देखाएका छन् ।

विमानस्थलमा सङ्कटकालीन अवस्थाको घोषणा गरी व्यापक मात्रामा प्रहरी परिचालन गरिएको बताइएको छ ।

त्यहाँको क्षतिका अरु विवरणहरु प्राप्त हुन सकिरहेका छैनन् । साथै विस्फोटको बारेमा पनि केही खुल्न सकेको छैन । कुनै समूह वा व्यक्तिले त्यस विस्फोटको जिम्मेवारी लिएको छैन ।

तर एकजना प्रत्यक्षदर्शीले भने आफूले कैयौँ घाइते व्यक्तिलाई देखेको जनाएका छन् । उनले घाइते भई कैयौँ व्यक्ति भूईँमै लडिरहेको देखेको पनि जनाएका छन् ।

सम्बन्धित खबर