नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी

diyopost.com
दियो पोस्ट  बुधबार, चैत्र १०, २०७२ | ६:३३:५९

१० चैत, काठमाडौं । नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी भएको छ । प्रधानमन्त्री केपी ओलीको जारी एक हप्ते चीन भ्रमणका क्रममा बुधबार जारी गरीएको संयुक्त विज्ञप्तिमा नेपालको नयाँ संविधानको चिनले स्वागत गरिएको छ जनाइएको छ ।
नेपालले यसबाट राजनीतिक स्थिरता र आर्थिक विकासका लागि अवसरका रुपमा सदुपयोग गारेस भन्ने चीनको आकाक्षा छ ।
दुई देशले एक एक आपसमा स्वतन्त्रता, स्वाधिनता र भौगोलिक अखण्डता र हितलाई सम्बाधेन गर्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
नेपालले पहिले देखि नै एक चीन नीतिप्रति प्रतिवद्धता जनाएको छ ।
साथै दुई देशबीच विकास र सम्बृद्धि सहित समानता र आपसी हितका आधारमा दुबै देशका जनतालाई फाइदा पुग्ने गरी बढ्ने जनाइएको छ ।

सम्बन्धित खबर