काठमाडौं, १३ चैत्र । विमानस्थललाई २१ करोड रुपैयाँभन्दा बढी बक्यौता नबुझाई एयर एशिया गत असोज २७ गते नै फरार भइसक्यो । सञ्चार माध्यममा विमानस्थललाई २१ करोड नबुझाई मलेशियाको एयर एशिया फरार भएको भनिएपनि नेपाली एजेन्टले भने एयर एशियाबाट रकम बुझेको खुलाशा भएको छ ।
विमानस्थललाई बुझाउनु पर्ने रकम एयर एशियाबाट बुझेर नेपाली एजेन्टले विभिन्न ठाउँमा लगानी गरेको खुलाशा भएको छ ।
नेपालमा जनरल सेल्स एजेन्ट (जीएसए) लिने इन्सेन्टिभ ग्रुप अफ कम्पनीका अध्यक्ष हरिमान लामाले र उनका भाई गणेश लामा तथा गणेशकी पत्नि सावित्रि श्रेष्ठले सेटिङमै एयर एशियाबाट विमानस्थललाई बुझाउनुपर्ने रकम कुम्ल्याएको बताईन्छ ।
विमानस्थलले पैसा बुझाउन पटक पटक ताकेता गरेपछि उनले नागरिक उड्डयन प्राधिकरणका तत्कालिन महानिर्देशक सन्जिव गौतम र विमानस्थल प्रमुख राजकुमार क्षेत्रीसँगको मिलेमतोमा एयर एशियालाई भगाएका थिए । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ घैँटेको समेत लगानी रहेको इन्सेन्टिभ ट्राभल्समा माओवादी युद्धकालमा मारिएका ओखलढुङ्गाकी उज्जन कुमार श्रेष्ठकी दिदि सावित्री श्रेष्ठको समेत लगानी छ । श्रेष्ठले आफ्ना पति तथा हरिमान लामाका भाई गणेश लामालाई अघि सार्ने गरेकी छिन् ।
विशेष स्रोतका अनुसार हरिमान लामा र गणेश लामाले एयर एशियाबाट बुझेको रकम राजधानी काठमाडौं, भक्तपुर लगायतका स्थानमा जग्गामा लगानी गरेका छन् ।
‘एयर एशिया नेपालबाट भागेपछि लामा दाजु भाईले जग्गामा ३० प्रतिशत बैना गर्दै हिँडेका थिए,’ स्रोतले भन्यो,‘यो सबै एयर एशियाको रकम हो ।’
बिमानस्थल कर्मचारीको मिलेमतोमा १० वटा चेक नै गायब ?
सेटिङ र मिलेमतोमा अनेक धन्दा हुने देश हो नेपाल । विमानस्थल भित्र पनि हरिमान लामा र विमानस्थल कर्मचारीको मिलेमतोमा गत मंसिरमा अनौठो घटना भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० वटा चेक गायब पारिएको थियो ।
मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि ९जिएसए० हरिमान लामाकै स्वामित्व रहेको इन्सेन्टिभ्स टुर्स प्रालिले बुझाएको भनिएको ७ करोड १४ लाख रुपैयाँको चेक गायव पारिएको थियो । स्रोतका अनुसार त्यतिबेला विमानस्थल कर्मचारी र हरिमान लामाको मिलेमतो थियो ।
उक्त रकम एयर एसियाले त्रिभुवन विमानस्थल प्रयोग गरेबापत कार्यालयलाई बुझाएको सेवाशुल्क रकम थियो। तर, चेक बैंकमा नपुगी कार्यालयबाटै गायब पारिएको थियो ।
करोडौंको चेक गायव पार्ने सेटिङ मिलाएका लामा दाजु भाई यदि नेपालमा सिस्टम बलियो थियो भने यतिबेला जेलको चिसो हावा खाइरहेका हुन्थे । तर, शक्तिको छत्र छायाँमा रहेका उनीहरु यतिबेला एयर एशियाकै पैसामा किनेको २ वटा सेतो क्रेटा कारमा राजधानीमा खुलेआमा हिँडीरहेका छन् ।
याे पनि पढ्नुहाेस्