काठमाडौँ, ११ चैत । विश्व क्षयरोग दिवसका अवसरमा सांसद शेरबहादुर तामाङको संयोजकत्वमा सात सदस्यीय ‘ककस’ गठन गरिएको छ ।
‘भोलिन्टियर फर डेभलपमेन्ट नेपाल’ नामक सामाजिक संस्थाको अग्रसरतामा विभिन्न राजनीतिक दलका नेताको सहभागितामा उक्त ककस निर्माण गरिएको हो ।
उक्त ककसमा व्यवस्थापिका–संसद्का सदस्यहरुमा अइन्द्रसुन्दर नेम्बाङ, शत्रुधन महतो, रीता शाही, योगेन्द्र घिसिङ, कमलाकुमारी घिमिरे तथा पूर्व सांसद उषाकला राई छन् ।
ककसका संयोजक सांसद तामाङले विश्वमा नियन्त्रण भइसकेको सो रोगलाई नेपालमा पनि न्यूनीकरण गर्न सम्बन्धित पक्षसँग छलफल तथा सरकारसँग समन्वय गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकि छन् ।
भोलिन्टियर फर डेभलपमेन्ट नेपालका कार्यकारी निर्देशक वसन्त पराजुलीले प्रत्येक वर्ष नेपालमा पाँचदेखि सात हजार बिरामी सो रोगबाट मर्ने गरेको जानकारी दिए ।
पत्रकार नेहा शर्माले उक्त रोगलाई न्यूनीकरण गर्न सरकार संवेदनशील हुनुपर्नेमा जोड दिँदै नयाँ ककसले राजनीतिक रुपमा दबाब दिन सहयोग पुग्ने बताए ।