भीमदत्तनगर, ११ चैत । डोटीको सानागाउँ गाविसमा एउटा चितुवा मृत अवस्थामा भेटिएको छ ।
जिल्ला वन कार्यालय, डोटीले दिएको जानकारीअनुसार बुधबार सानागाउँ जङ्गलस्थित खोला किनारमा चितुवा मृतावस्थामा भेटिएको हो ।
जिल्ला वन कार्यालय, डोटीका प्रमुख वन अधिकृत बद्री कार्कीले चितुवा मारेको नभई एकापसमा लडेर घाइते भएको हुनसक्ने बताए।
“चितुवा मरेको बारे प्रहरीलाई जानकारी आएपछि हामीकहाँ खबर आएको हो”, उहाँले भन्नुभयो – “सो विषयमा विस्तृत अनुसन्धान हुँदैछ ।”