काठमाडौं, १२ चैत्र । ग्याँस कालोबजारियामाथि प्रहरीले छापा मारेको छ । राजधानीको बागबजार स्थित ओम ग्याँस विक्रेता सुगम ट्रेडर्स सञ्चालक राम प्रसाद कँडेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले प्रति सिलिन्डर तोकेको मुल्य भन्दा बढी मनपरी शूल्क अशुल गर्दै आएका थिए ।
प्रहरीले २७ सिलिन्डर ग्याँस समेत बरामद गरेको छ । बरामद गरिएकोग्याँसलाई महानगरिय प्रहरी वृत अनामनगरमा राखिएको छ ।
महानगरिय प्रहरी वृत अनामनगरका प्रहरी निरिक्षक सुर्यबहादुर श्रेष्ठको नेतृत्वको टोलीले छापा मारेको हो ।