विरोधका लागि मात्र विरोध नगरौँ : प्रचण्ड

विरोधका लागि मात्र विरोध नगरौँ : प्रचण्ड

पर्सा, १२ चैत । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले राष्ट्र निर्माण गर्ने बेला विरोधका लागि मात्र विरोध गर्ने परिपाटी अन्त्य गर्न सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।

दोस्रो वीरगन्ज महोत्सव व्यपार मेला २०७२ को आज उद्घाटन गर्दै अध्यक्ष दाहालले मुलुक बनाउन र नेपाली जनताले चाहेको आर्थिक उन्नति हासिल गर्न सबै राजनीतिक दल एक हुनाको विकलप नभएको बताए।

उनले आन्दोलनरत मधेसी मोर्चालाई आन्दोलन छाडी वार्ता र संवादका माध्यमले रानीतिक संयन्त्रको मद्दतबाट सीमाङ्कन लगायत विषय समाधान गरी राष्ट्र निर्माणमा सहभागी हुन आग्रह गरे ।

उनले चीन भ्रमणमा रहेका प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै मधेस आन्दोलनबाट उठेका सीमाङ्कन लगायत मागलाई सक्दो चाँडो सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Trending News