तनहुँ, १३ चैत । किसान मजदूर सबै उत्पीडित जनता एकातिर र वुर्जवा वर्ग अर्को तिर लडाई चलिरहेको उल्लेख गर्दै युद्ध अहिले पनि भिन्न रुपमा जारी रहेको प्रचण्डले बताए । तनहुँको दमौली जिल्ला स्तरीय कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै दिन पुगेका उनले सत्ताभित्र हुने ठूलठूला खेलमा सहि निर्णय लिन नसक्दा ठूल्ठूला युद्ध असफल भएका बताए ।
उनले भने अहिले बन्दुक नचले पनि अन्याय अत्याचारको प्रतिकार गर्नैपर्छ, यो युद्ध हामीले जित्नै पर्छ, राजनीति शान्तिपूर्ण युद्ध हो र युद्ध रक्तपातपूर्ण राजनीति हो ।
उनले भने १० वर्ष अगाडि मधेसमा अधिकार चाहियो भन्ने एक जना मानिस नभएको र मधेसको अधिकार र अधिकारको निम्ति संघर्ष गर्ने चेतना हाम्रै नेतृत्वमा संचालन भएको जनयुद्धले दिएको बताए ।
संविधान सभाबाट संविधान जारी भएपछि नेपालमा विचित्रको नाटक देखा पर्यो । संविधान निर्माणको अन्तिम चरणसम्म सक्रिय रहेको व्यक्ति बाबुरामजी आफैंले बनाएको संविधान अस्वीकार गर्दै पार्टी, विचार, जनता सहिद, जनयुद्ध सबैलाई छाड्नुभयो र विजातीय तत्वसँग सम्बन्ध गाँस्न पुग्नुभयो । यस्तो कदम चाल्न हामी कसैलाई छुट छैन ।
माओवादी पार्टीहरु बीचको एकताको प्रसंग कोट्याउँदै उहाँले माओवादी धाराहरुसँग एकताको प्रयास भईरहेको बताए । सबै माओवादीहरुसँग एकैचोटी एकताको नयाँ प्रक्रिया सुरु गरिँदैछ । कार्यकर्ताहरुलाई पनि एकताको निम्ति आआफ्नो ठाउँमा झण्डा उठाउन निर्देशन दिएका छन् ।