दीपक नेपालको कथा संग्रह विमोचन

दियो पोस्ट  

चैत १३,काठमाडौ । युवा कथाकार दीपक नेपालको पहिलो कृति रित्तो आकाश आज राजधानीमा विमोचन भएको छ । विमोचन गदै साहित्यकार नारायण ढकालले कृति राम्रो भएको बताए । उनले बिमोचन पछि बोल्दै भने म अहिले पनि युवा देखिन युवाहरुको साथ गर्ने गरेको छु । युवाहरुले साहित्यमा केहि नयाँ गछौ भने मलाई मन पर्छ ,त्यहि भएर साथ गर्छु । मैले लेखेको पहिलो कथासंग्र भन्दा धेरै राम्रो कथा संग्रह दीपकको भएको ढकालले बताए ।
कथामाथि टिप्णी गदै उपेन्द्र सुब्बाले भने अहिलको युवा पुस्ता साहित्यमा धेरै सक्रिय रहेको बताए । उनले भने साहित्यले समाज उर्तानु पर्छ । त्यो रित्तो आकाशमा छ ।
अर्का टिप्पणीकार गुरुङ सुुुसान्तले लेखकले पात्रमाथि न्याय गर्न सक्नु पर्छ । लेखक कुन कित्ताको हुन प्रष्ट हुनु पर्छ । कृतिमा कथाकार बिचमा बस्न खोजेका छन् । समाज वर्गीय छ । समाजका हरेक मानिस पनि वर्गको प्रतिनिधीत्व गर्छ । कथाहरु राम्रा छन् । लेखकले अझै मेहनत गर्नु पर्ने उनको भनाइ थियो ।
लेखकले आफु राजनीतिबाट कोसौ टाढा रहेको बताए । अहिलेको नेपाली राजनीतिबाट टाढा छु । त्यहिभएर म राजनीतिकरुपमा खुल्न सक्दैन ।
कथा कृतिमा राजनीतिक र सामाजिक १६ वटा कथाहरु छन् । कथा संग्रह शिखा बुक्सले प्रकासन गरेको हो । उक्त प्रकाशनको यो दोस्रो साहित्यक कृति रहेको प्रकाशक पुष्पराज पौडेलले बताए ।