बाबुरामले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमण सकारात्मक छ’

diyopost.com
दियो पोस्ट   आइतबार, चैत्र १४, २०७२ | ७:२८:३४

विराटनगर, १४ चैत । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमण सकारात्मक रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने, ‘हामीले दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्दै परनिर्भर होइन कि आत्मनिर्भर बन्नुपर्छ ।’

अर्काे प्रसङ्गमा उनले पहिचानका पाँच  र सामर्थ्यका चार आधारमा मुलुकको सात प्रदेशमै भौगोलिक सीमाङ्कन मिलाएर मधेसको समस्या समाधान गर्नुपर्ने धारणा प्रकट गरे ।

उनले राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष प्रणालीबाट हुनुपर्नेलगायत संविधानमा देखिएका अपूर्णतालाई संसद्मार्फत संशोधन गरी अगाडि बढ्नुपर्ने सुझाव पनि दिए ।

सम्बन्धित खबर