काठमाडौं, १४ चैत्र । त्रिभूवन विमानस्थलको अवतरण बन्द भएको छ । दिल्लीबाट काठमाडौं आएको जेट एयरलाइन्सको जहाजमा बमको हल्लापछि उडान तथा अवतरण बन्द भएको हो।
विमानस्थल कर्मचारीका अनुसार प्रहरीले बम भएनभएको विषयमा अनुसन्धान गरिरहेको छ । तर विमान भित्रिने र बाहिरिने क्रम भने बन्द भएको छ । ४ बजेर ३३ मिनेटमा काठमाडौं अवतरण भएको जेट एयरवेजको बोइङ ७३७(८ ए एल जहाजमा बमको हल्ला व्यापक भएको हो । विमानस्थल स्राेतका अनुसार भारतीय पक्षले विमानमा बम भएकाे सुचना दिएकाे थियाे । प्रहरीका अनुसार अहिले विमान खानतलासी गर्ने कार्य भइरहेकाे छ ।
विमानस्थलमा उडान अवतरण बन्द भएपछि नेपाल भित्रने धेरैजसो विमानहरु काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर डाइभर्ट भइरहेका छन् । आन्तरिक उडानका विमानहरुले उडानको दैनिक तालिका स्थगित गरेका छन्।
केही समयअघि मात्रै प्रधानमन्त्री ओली साताव्यापी चीन भ्रमण सिध्याएर नेपाल फर्किएका थिए ।