‘जीवन काँडा कि फूल’ को छायाङ्कन

diyopost.com
bestnp  मंगलबार, चैत्र १६, २०७२ | ५:०१:४०

धनकुटा, १६ चैत । मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ को छायाङ्कन थालिएको छ ।

धनकुटा नगरपालिका–३ कचिडेस्थित साहित्यकार घिमिरेकै निवासमा सोमबार चलचित्रको शुभसाइत गरेर छायाङ्कन थालिएको हो ।

विष्ट व्रदर्स फिल्म्स प्रालि र क्लासिक सिने युनिभर्स प्रालिले मदन पुरस्कार पाउन सफल घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित भएर कथानक चलचित्र निर्माण थालेका हुन् ।
चलचित्र छायाङ्कनका लागि घिमिरेको बाल्यकालमा हुर्केको घर जस्तै देखिने गरी बोराबाट घर निर्माण गरिएको छ । करिब एक महिनामा चलचित्रको छायाङ्कन सकेर आगामी दसैको अवसर पारेर चलचित्र रिलिज गरिने चलचित्र निर्देशक विनोद विष्टले जानकाी दिए ।

सम्बन्धित खबर