हत्याका आरोपी मण्डल दुई वर्षपछि पक्राउ

diyopost.com
bestnp   मंगलबार, चैत्र १६, २०७२ | ७:०७:०५

सप्तरी, १६ चैत । ज्यान मारेको अभियोग लागि दुई वर्षदेखि फरार एक व्यक्तिलाई सप्तरी प्रहरीले पक्राउ गरेको आज जनाएको छ ।

पक्राउ पर्नेमा सप्तरीको इनरुवा गाविस–९ का विश्वेश्वर मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनलाई सोमबार घरबाटै पक्राउ गरिएको छ ।

मण्डलले २०७१ वैशाख २१ गते सोही ठाउँका संचेन्द्र भनिने कुमरदेव यादवलाई धारिलो हतियार प्रहार गरी घाँटी काटेर हत्या गरेका थिए ।

सो हत्यापछि मृतकका बुबा भोलाई यादवले मण्डल र निजकी श्रीमतीसहित १४ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उनीहरुविरुद्ध मुद्दा दर्ता गराएकाले पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

सो हत्यामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको बताइएको छ ।

सम्बन्धित खबर