इजिप्ट एयरको विमान हाइज्याक

इजिप्ट एयरको विमान हाइज्याक

एजेन्सी, १६ काठमाडौ । एलेक्जेडिया बाट काहिरा गइरहेको इजिप्ट एयरको विमान एमएस १८१ हाइज्याक भएको छ । इजिप्ट एयरले ट्वीट गरेर विमान हाइज्याक भएको पुष्टि गरेको छ । हाइज्याक गरेपछि विमानलाई साइप्रसको लरनाका विमानस्थलमा अवतरण गराएका थिए ।
स्थानीय अधिकारीका अनुसार विमानमा ६० जना यात्री थिए । इजिप्टका सिविल एविल मन्त्रीले एक वक्तव्य जारी गरेर भनेकाछन् हाइज्याकरले सुसाड बेल्ट लगाएका छन् । उसले पाइलटलाई विमानमा विस्फोट गर्ने धम्की दिएर जहाजलाई लरनाका एयरपोर्टमा अवतरण गर्न बाध्य पारेका थिए । केहि समाचारमा विमानमा ८१ यात्री रहेको पनि बताइएको छ ।
साइप्रस रेडियोले पनि जहाज हाइज्याक भएको पुष्टि गरेको छ । रेडियोले पनि अपहरण कर्तासंग बम भएको बताएको छ । लरनाल एयरपोर्टमा प्रहरी तैनाथ भएपनि प्रहरीलाई विमानबाट टाढा बस्न भनिएको छ ।
अपरणकारीले जहाजमा रहेका महिला तथा बालबालिकाहरुलाई छोडेको छ ।

इजिप्ट एयरले  हाइज्याकरसंग कुराकानी सुरु गरेको बताइएको छ । कुराबकानीपछि अपहरणकारीले ५६ जना यात्रीलाई छोडेको छ ।
हाइज्याकरको नाम है इब्राहिम
स्थानीय मीडियाका अनुसार विमान हाइज्याक गर्नेको नाम इब्राहिम सामाहा हो । तर उसको घर कहाँ हो कसैलाई केहि थाह नभएको बताइएको छ । तर अहिलेपनि उससंग कुराकानी भइरहेको बताइएको छ ।

Trending News