प्रधानमन्त्रीलाई योगेशले भने, ‘बालुवाटारमा २ वर्ष चैनसँग बस्नुस् तर बारुदको गन्ध नफैलाउनुस्’

दियोपोस्ट संवाददाता

काठमाडौं, ३ चैत्र । नेकपा एमालेका युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा चैनसँग बस्ने भए बारुदको गन्द नफैल्याउन चेतावानी दिएका छन् ।


राष्ट्रिय कार्यकर्ता भेलाको सम्बन्धी कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।


‘आज मैले विहानै एउटा स्टेटमेन्ट पढेको थिएँ । त्यो उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनको बहिनीले लेखेकी थिइन् । जसमा उनले अमेरिकाको ह्वाइट हाउसले शान्ती चाहेको हो भने बारुदको गन्द नफैल्याओस् । यो निकै मार्मिक छ,’ भट्टराईले भने,‘म प्रधानमन्त्री ओलीलाई भन्छु । तपाईं २ वर्ष चैनसँग बालुवाटारमा बस्नुस् । तर, बारुदको गन्ध नफैल्याउनुस् ।’


नेकपा एमालेको झलनाथ र माधव नेपाल समुहले भोली काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

सम्बन्धित खबर