पौने २ करोडको चेक बाउन्स मुद्दामा फरार जग्गा दलाल उपेन्द्र ढुङ्गाना पक्राउ !

दियोपोस्ट संवाददाता

काठमाडौं, ४ चैत्र । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले १ करोड ८५ लाख रुपैयाँ बराबरको चेक बाउन्स मुद्दामा फरार रहेका उपेन्द्र ढुङ्गानालाई पक्राउ गरेको छ ।


उर्मिला कँडेलको जाहेरीले उच्च अदालत पाटनले २०७७ माघ ५ गते झापाको साविक महारानीझोडा गाविस हाल गौरादह नगरपािलका वडा नम्बर १ स्थायी ठेगाना भएका उपेन्द्र प्रसाद ढुङ्गानालाई एक महिना कैद र १ करोड ८५ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

उक्त सजाय बेरुजू रही फरार रहेका ढुङगानालाई सिआइबीले हिजो मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको छ ।


ढुङ्गानाले २०७५ असार २ गते आफ्नो खातामा पर्याप्त रकम मौज्दात नभएपनि प्रभु बैंक शाखा कार्यालय सुकेधारामा रहेको खाताबाट पीडित तथा जाहेरवाला उर्मिला कँडेललाई चेक दिएका थिए । सोही चेक बाउन्स भएपछि उनीविरुद्ध पीडित शर्मिलाले जाहेरी दिएकी थिइन् । प्रहरीका अनुसार पक्राउ परेका ढुङ्गाना जग्गा दलालीको काम गर्छन् ।

सम्बन्धित खबर