सुन्धाराको गेष्ट हाउसमा बोलाउँदै भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने यी हुन् खतरनाक गिरोह !

दियोपोस्ट संवाददाता

काठमाडौं, ५ चैत्र । महानगरीय प्रहरी अपराध महासाखाले हनि ट्रयाप मार्फत पुरुषलाई फसाउने २ जना महिलालाई पक्राउ गरेको छ ।


कोटेश्वर बस्ने एक पुरुषलाई ललिता भन्ने लालसरी शाहीले सुन्धारास्थित गेष्टहाउसमा भेट बोलाएर सँगै बसेको भिडियो साथीलाई खिच्न लगाएर सोही भिडियो देखाई पुरुषलाई ब्ल्याकमेलिङ गर्ने गरेको खुलेको हो । उनीहरुले यौन सम्बन्धको भिडियो म्यासेन्जरमा पठाएर ती युवालाई पटक पटक लाखौँ रकम माग गरेपछि प्रहरीमा उजुरी परेको थियो । उनीहरुलाई हिजो प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर नगरपालिका १० घर भएकी हाल घट्टेकुलो बस्दै आएकी ३७ वर्षिय लालसरी शाही ललिता र सोही घर ठेगाना र उमेर भएकी हाल कपन बस्दै आएकी कल्पना हमाल छन् ।

लालसरी शाही राजु धिताललाई २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल सजाय भई ७ वर्ष जेल बसेर १ लाख धरौटीमा छुटेकी पात्र हुन् ।


शाही र हमालले नै सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई उनकै विरुद्धमा गत असोज ६ गते प्रहरी कार्यालयमा जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । सोही मुद्दामा उनलाई सुर्खेत जिल्ला अदालतले जाहेरी नै झुठ्ठा ठहर गर्दै ३ वर्ष ६ महिना सजाय गरेको थियो ।

पक्राउ परेकी शाहीले संस्थागत कामको शिलसिलामा विगत १ वर्ष देखि चिनजानमा रहेको कोटेश्वरका ५२ वर्षिय पुरुषलाई सुन्धारास्थित होटलमा आफूलाई समस्या परेको भन्दै बोलाएकी थिइन् ।

होटलमै समस्या परेको भन्दै उनलाई भेट्न पुगेका ती पुरुषलाई पैसा हराएकोले सहयोग गर्न आग्रह गरेकी थिइन् । होटलको कोठामा नै बोलाएर उनले ती पुरुषको हातमा समाउने गरेकी थिइन् । सँगै रहेकी उनकी साथीले भिडियो खिचेकी थिइन ।

पैसा नदिए प्रहरीलाई बोलाउने र परिवारलाई समेत बोलाउने भन्दै धम्की दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।


पटक–पटक गरी रू.३ लाख २ हजार ५ सय रुपैयाँ फिरौती समेत उठाएको पाइएको छ । उनीहरुले थप ८ लाख फिरोती मागेपछि प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

सम्बन्धित खबर