
दियोपोस्ट संवाददाता,
कोहलपुर, ८ चैत्र । हाइलक्स गाडीमा राखेर लागु औषध तस्करीमा समलग्न एक गिरोहलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार आइतबार साँझ ६ बजेतिर १ केजी लागु औषध (चरेश) सहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कोहलपुर नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ३५ को विश्व परियार, राप्तीसोनारी नगरपालिका ३ बस्ने वर्ष २९ को आनन्द खड्का, सोही स्थानका २० वर्षिय केलाज शाही रहेका छन् ।
उनीहरुले बा ६ च ७५६१ नम्बरको टाटा हाइलक्सबाट तस्करी गर्दै आएका थिए । उक्त गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको डिएसपी खनालले जानकारी दिए ।
कोहलपुर प्रहरीले केहीदिन अघि मात्रै २ करोड मुल्य पर्ने वन्य जन्तुको अंगसहित तस्करहरुलाई पक्राउ गरि सार्वजनिक गरेको थियो ।