
काठमाडौं, १४ चैत्र । काठमाडौं उपत्यकामा शुक्रबारदेखि देखिएको अत्याधिक प्रदुषणका कारण त्रिभुवन विमानस्थलमा उडान समेत प्रभावित भएको छ ।
मलेशियाको क्लालम्पुरबाट काठमाडौंका लागि उडेको हिमालयन एयरलाइन्सको विमान बनारस तर्फ मोडिएको छ ।
त्यस्तै दुबईबाट आएको अर्को एयरलाइन्स र नेपाल एयरलाइन्सको विमान आकाशमै होल्डिङ भएको छ ।
आन्तरिक उडान तर्फ श्री एयरलाइन्स भने नेपालगञ्ज तर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।