बहराइनका राजकुमारमाथि ओली सरकारद्वारा अपमान : खोप ल्याउँदा राजदूतलाई छानबीन !

दियोपोस्ट संवाददाता

काठमाडौँ, १४ चैत्र । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल–खालिफा पछिल्लो समय दोस्रो पटक हिमाल चढ्न नेपालमा छन् । सगरमाथा आरोहण गर्न १४ दिनअघि काठमाडौं उत्रिएका उनका कारण कोरोना संक्रमणका कारण थलिएको पर्यटनमा थोरै भएपनि राहत महशुस पर्यटन व्यावसायीले गरिरहेका छन् ।

उनको यो स्तरको नेपाल मोहले अन्तर्राष्ट्रिय बजारमा नेपालको छवी अझै राम्रो बन्दै गइरहेको छ । तर, राजकुमारलाई नेपाल ल्याउन भूमिका निभाउने बहराइनका राजदूत पदम सुन्दासलाई भने नेपाल सरकारले अनावश्यक विवादमा ल्याएर दुख दिन खोजेको पाइएको छ ।


राजकुमारको समूहले ल्याएको कोरोनाविरुद्धको खोपको ‘प्रमाणिकता’ विवादास्पद बनेको भन्दै राजदूत सुन्दासलाई नै अनुसन्धानमा तानिएको हो ।

बहराइनका राजकुमारको टोली नेपाल हिँडेपछि त्यहाँस्थित नेपाली दूतावासले आफ्नो वेबसाइट मार्फत जारी गरेको विज्ञप्तिमा गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ मा रहेका जनताका लागि कोरोना प्रतिरोधी खोप लगाइने उल्लेख गरेको थियो । टोलीले २ हजार भाइल ‘अस्ट्राजेनेका’ खोप साथमा रहेको दूतावासले विज्ञप्ति जारी गरेको थियो । उक्त खोप तोकेबोमिजिम नभएको भन्दै सरकारले राजदूत माथि नै छानबीन थालेको हो ।


उक्त खोप चिनियाँ सिनोफार्म कम्पनिको भएको भन्दै सरकारले राजदूत सुन्दासलाई अनुसन्धानमा तानेको हो । परराष्ट्र मन्त्रालयका एक अधिकारीले एक दैनिक पत्रिकालाई राजदूतावासले थाहा नै नभएको विषयमा विज्ञप्ति निकालेर अनावश्यक जान्ने बनेको आरोप लगाएका छन् ।

बहराइनका लागि नेपाली राजदूत सुन्दासले बहराइनका राजकुमार नेपाल उड्नुभन्दा एक दिन अघिनै राजकुमारले कोरोना खोप समेत ल्याउन चाहेको जानकारी गराएका थिए । परराष्ट्र मन्त्रालयले उनले दिएको जानकारी स्वास्थ्य मन्त्रालयलाई नदिएपछि समस्या भएको पाइएको छ ।
अब ४ महिना मात्रै पदावधि भएका उनलाई तत्कालिन माओवादी केन्द्रले नेतृत्वले राजदूतमा प्रस्ताब गरेको थियो ।


उक्त खोपलाई औषधी व्यवस्था विभागले रोक लगाएको छ । त्रिभुवन विमानस्थलको भण्डारणमा राखिएको छ ।

सिनोफार्मको खोप अनुदानमा मात्रै ल्याउन पाइने भन्दै सरकारले छानबीन गरेको हो ।
नेपाल सरकारको रबैयाका कारण बहराइनको राजकुमार समेत असन्तुष्ट भएको खुलाशा भएको छ ।

सम्बन्धित खबर