पुरुषको विश्वकप छनौट खेल खेलाउने पहिलो महिला रेफ्री स्टेफनीले रचिन इतिहास

पुरुषको विश्वकप छनौट खेल खेलाउने पहिलो महिला रेफ्री स्टेफनीले रचिन इतिहास

एजेन्सी, १५ चैत्र । फ्रेन्च महिला रेफ्री स्टेफनी फ्रापर्ट पुरुषको विश्वकप छनौट खेल खेलाउने पहिलो महिला रेफ्री बनेकी छिन् ।

विश्वकप छनौट अन्तर्गत शनिबार राति नेदरल्यान्ड्स र लाट्भियाबीचको खेल खेलाउँदै स्टेफनीले इतिहास रचेकी हुन् ।

यस अघि कुनैपनि महिला रेफ्रीले पुरुषको विश्वकप छनौट खेल खेलाएको थिएन । ३६ वर्षीया स्टेफनीले यस अघि पुरुषको च्याम्पियन्स लिग खेल खेलाउने पहिलो महिला रेफ्री बनेकी थिइन् ।

स्टेफनी यूईएफएको पुरुष फुटबलको मुख्य प्रतियोगिता खेलाउने पहिलो महिला रेफ्री समेत हुन्। स्टेफनीले सन् २०१९ मा लिभरपुल र चेल्सीबीचको सुपर कप खेलाएकी थिइन् ।

सन् २०१९ को महिला विश्वकप फुटबलमा अमेरिका नेदरल्यान्ड्सबीचको फाइनल खेल समेत उनले खेलाएकी थिइन् । स्टेफनीले सन् २०१९ बाट फ्रेन्च लिग वानमा रेफ्रीको भूमिका निर्वाह गर्दै आईरहेकी छिन् ।

Trending News