
काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गरि शान्तिपुर्ण राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष सिके राउत विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नवलपरासी जिल्ला अदालतले उनी विरुद्ध पक्राउ पुर्जि जारी गरेको हो । यसअघि नै पक्राउ पुर्जीसहितको सुचना जारी भएपनि घरद्वारा पत्ता नलागेका कारण फेरी पक्राउ पूर्जी गरेको अदालतको सुचनामा उल्लेख छ । सुचना प्रकाशित भएको ३५ दिन भित्र हाजिर हुन आउन अदालतले सुचनामा आदेश दिएको छ । हाजिर हुन नआए कानुन अनुसार कारबाही गर्ने समेत जनाइएको छ ।
उनी विरुद्ध राज्य विरुद्धको संगठित अपराध कसुरमा मुद्दा तलाइएको छ । रौतहट जिल्लाको महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ डेरा गरि बस्ने सिके राउत भन्ने डाक्टर चन्द्रकान्त राउतको नाममा अदालतले पक्राउ पुर्जि प्रकाशन गरेको हो ।
उनीसँगै रामकुमार तामाङको नाममा पनि पक्राउ पुर्जि जारी गरिएको छ ।