सुरुङ्गा ,झापा०, १८ चैत । गोलधाप स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय दाताले ५० लाख रुपैयाँ मूल्य पर्ने पाँच कट्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् । गोलधाप–२ निवासी यज्ञराज पकुवाल, रमेश पकुवाल, जीवन पकुवाल, धर्मराज सिवाकोटी र होमराज सिवाकोटीले एक÷एक कट्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् । पाँचैजनाले प्रतिकट्ठा १०÷१० लाख रुपैयाँ पर्ने जग्गा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको स्वास्थ्य चौकीका इञ्चार्ज (सिनियर अहेव) किरणकुमार खरेलले बताए । उहाँहरुले प्रदान गरेको जग्गा वुधबार रजिस्ट्रेसन पास गरिएको छ । गत फागुन २० गते बसेको स्वास्थ्य चौकीको बैठकमा स्वास्थ्य चौकीलाई जग्गा दिने निर्णय भएको थियो । सोही निर्णयअनुसार स्वास्थ्य संस्थालाई जग्गा प्रदान गरिएको बताइएको छ । स्थानीयवासी दिलकेशर थापा र रुकमिणा सङ्ग्रौलाले पनि स्वास्थ्य चौकीलाई एक÷एक कट्ठा जग्गा प्रदान गर्ने निर्णय भएको बताइएको छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki