आत्मघाती बेल्ट हेर्न खिचे सेल्फी

diyopost.com
bestnp  बिहिबार, चैत्र १८, २०७२ | ५:४६:२५

एजेन्सी ,१८ चैत । इजिप्ट एयरको विमान अपहरण गर्ने व्यक्तिसंग एक जना बेलायती नागरिकले अपहरणकारीको आत्मघाती बेल्ट नजिकबाट हेर्न सेल्फी खिचेको बताएका छन् ।
स्वास्थ्य र सेफ्टी अडिटर बेन इन्सले भनेका छन् आफ् प्रतिकुल अवस्थामा पनि खुशि रहने कोशिस गरीरहेको थिए ।
उनले भने यदि बम असली भएपनि आफुसंग गुमाउनकोलागि केहि थिएन । उनले दावा गरेका छन् अहिले सम्मको नै महत्वपूर्ण र राम्रो सेल्फी हो । वास्तवमा यो फोटो एक एयर होस्टेजले खिचेकि थिइन ,
साइप्रसको एक अदालतले विमान अपहरण गर्नेलाई आठ दिनकोलागि प्रहरी हिरासतमा पठाएको छ ।
अपहरणकारीको मानकि अवस्था ठिक नभएको बताइएको छ ।
एलेक्जेन्ड्रियाबाट काहिरा गइरहेको विमानलाई अपहरणकारीले साइप्रस लैजान भनेको थियो । उसले आफुसंग आत्मघाती बेल्ट भएको बताएको थियो ।
तर पछि विमानमा सवार सबै यात्रुलाई सुरक्षित रिहा गरेको । थियो । अपहरणकारीले पनि आत्मसमपर्ण गरेको थियो ।

सम्बन्धित खबर