एफए कप फूटबलको क्वाटरफाइनलमा म्यान्चेस्टर सिटि

diyopost.com
दियो पोस्ट  बुधबार, फाल्गुण १८, २०७८ | १४:२०:५१

काठमाडौँ । म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा सिटीले च्याम्पियनसिप टोली पिटरर्सब्रग युनाइटेडलाई २–० गोलले हरायो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा सिटीलाई जिताउन रियाद महारेज र ज्याक ग्रेलिसले गोल गरे । बलियो सिटीलाई पहिलो हाफमा रोकेको पिटरर्सब्रग दोस्रो हाफमा कमजोर बन्यो ।

६०औँ मिनेटमा रियाद फिल फोडेनको पासमा गोल गरेका थिए । ६७औँ मिनेटमा ज्याक ग्रेलिसले फोडेनकै पासमा गोल गर्दै सिटीलाई जिताए । अर्को खेलमा प्रिमियर लिग टोली टोट्टनहाम च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० गोलले पराजित भएको छ ।

हारसँगै टोट्टनहाम एफए कपबाट बाहिरिएको छ ।

प्रतिस्पर्धात्मक खेलमा मिडल्सब्रगलाई जिताउन जोस कोवर्नले १०७औँ मिनेटमा निर्णायक गोल गरे । अर्को खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

क्रिस्टल प्यालेसको जितमा चेकइहोउ कोउयाटले ५३औँ र जाइरो राइडवाल्डले ८२औं मिनेटमा गोल गरे । स्टोकका जोस टेमोनको ५८औँ मिनेटको गोल सान्त्वना बन्यो । एजेन्सी

सम्बन्धित खबर