भरतपुर महानगरपालिकाको कार्यालय भवन बन्दै, ९४ करोड ३२ लाखमा ठेक्का आह्वान !

diyopost.com
दियो पोस्ट  आइतबार, फाल्गुण २२, २०७८ | १७:४७:४७

भरतपुर । भरतपुर महानगरपालिकाले आफ्नो कार्यालय भवन बनाउन ठेक्का आह्वान गरेको छ । कार्यालय भवन निर्माणका लागि ९४ करोड ३२ लाख ३० हजार रुपैयाँ लागतको ठेक्का आह्वान भएको हो । आज एक दैनिक पत्रिकामा प्रकाशित सुचना अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १० मा भवन निर्माण हुने छ ।

मेयर रेणु दाहालले ठेक्का आह्वान भएको सुचना सार्वजनिक गर्दै सबैभन्दा ठूलो परियोजना निर्माण हुन लागेकोमा बधाई दिएकी छिन् ।

भवन निर्माणका लागि संघीय सरकार तथा अर्थमन्त्रालय, बागमती प्रदेश र महानगरको संयुक्त लगानी रहनेछ । ‘विकेन्द्रीत सेवाहरू अब छिट्टै सुविधा सम्पन्न महानगरगरपालिकाको केन्द्रिकृत भवनबाट सहज, प्रदान हुने विश्वास सहित, आगामी दिनमा सुशासनमा पनि महानगर अब्वल बन्ने विश्वास लिइएको छ,’ दाहालले भनेकी छिन् ।

सम्बन्धित खबर