आयल निगममा थानी : कार्यालय समय सकिएपछि सुटुक्क आए हाजिरी गरेर बाटो लागे !

diyopost.com
दियो पोस्ट  शुक्रबार, फाल्गुण २७, २०७८ | २१:१६:२६

 

काठमाडौं । योग्यता सम्बन्धी विवादकाबीच नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका उमेश प्रसाद थानीले कार्यालय समय सकिएपछि हाजिर गरेका छन् ।

आज शुक्रबार सरकारी कार्यालय समय ३ बजेसम्म हो । तर, थानी हतार हतार साढे ३ बजेतिर टेकुस्थित नेपाल आयल निगममा पुगेको र त्यहाँ उनले हाजिर गरेर फर्किएको प्रशासन शाखाका एक कर्मचारीले दियोपोस्टलाई बताए ।

‘उहाँ निकै हतारिएर कार्यालय आउनु भयो । कसैसँग केही बोल्नु भएन । सरकारले दिएको नियुक्ती पत्र बोकेर आउनु भएको थियो,’ एक कर्मचारीले दियोपोस्टसँग भने,‘हाजिर गरेर २ मिनेटपनि नबसी फर्कनु भयो ।’

यस विषयमा प्रश्न गर्न थानीको मोबाइलमा पटक पटक सम्पर्क गर्दा उनको मोबाइल स्विच्ड अफ छ ।

आयल निगम डुबाउने खेल, योग्यता नै नपुगेका उमेश थानी कार्यकारी निर्देशक नियुक्त (सर्टिफिकेटसहित)

 

 

सम्बन्धित खबर