काठमाडौं । चलचित्र अभिनेता पुण्य विक्रम शाह भनिने पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा नाबालिगमाथि बलात्कार अभियोगमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय तनहुले उनीमाथि मुद्दा दायर गरेको हो । विहिबार सरकारी वकिल कार्यालयले जिल्ला अदालत नवलपुरमा मुद्दा दायर गरेको हो ।
अभियोगपत्रमा शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै सोही दफाको ३ को (ग) अनुसार सजाय माग गरिएको छ ।
उक्त दफा अनुसार १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।
ती बालिकाले प्रहरी समक्ष दिएको बयानमा आफुलाई पल शाहले राती २ पटकसम्म बलात्कार गरेको बताएकी छिन् । गैडाकोट रिसोर्टको कोठा नम्बर १०२ मा आफू सुतेको बेला फेसबुक म्यासेन्जर मार्फत अन्दाजी राती ११ बजेतिर पल शाह भन्ने पुण्य विक्रम शाहले म्यासेज गरेर आफू आउन लागेको ढोका खुला राख्न भनेको बयानमा बताएकी छिन् ।
आफूलाई मायाँ गर्ने र विवाह समेत गर्छु भन्दै राती २ पटकसम्म यौन सम्बन्ध राखेको ती किशोरीको बयान छ ।
यस्तो छ उनको बयान