बूढानीलकण्ठ च्याम्पियन

दियो पोस्ट  

काठमाडौं । बूढानीलकण्ठ कुङफु शाखा तेश्रो उपत्यकाव्यापी कुङफु प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । बूढानीलकण्ठ सर्वाधिक १३ स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।

नेपाल कुङफु संघ, दक्षिणकाली शाखाद्वारा आयोजित प्रतियोगितामा १२ स्वर्ण जितेको थानकोट कुङफु शाखा दोश्रो भयो । तेश्रो स्थानको आयोजक नेपाल कुङफु संघ, दक्षिणकाली शाखाले तेश्रो स्थानमा चित्त बुझायो । दक्षिणकालीले ५ स्वर्ण, १ रजत र २ कांस्य हात पा¥यो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल कुङफु संघका अध्यक्ष सीताराम हुमागाईं, आयोजकका अध्यक्ष श्रीकृष्ण मानन्धर र प्रशिक्षक शंकर बलामी, इन्टरनेसनल मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले उद्घाटन गरेका थिए ।

दक्षिणकाली नगरपालिकाको प्राङ्गणमा भएको एकदिने प्रतियोगितामा विभिन्न ७ टिमका १ सय १० खेलाडी सहभागी थिए । सान्डा र थाउलोमा गरी जम्मा ३४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता आयोजना गर्न दक्षिणकाली नगरपालिका र सोही नगरपालिकाको वडा ९ ले सहयोग गरेको आयोजकले जनाएको छ । समापनका अवसरमा स्पार्क क्रु नृत्य प्रशिक्षण केन्द्रका भाइ/बहिनीले नृत्य प्रस्तुत गरेका थिए ।