काठमाडौं, १९ चैत्र । वाईसिएल नेपालले अबैध रुपमा लुकाई राखिएको १२० भन्दा बढी ग्यासको सिलिन्डर कब्जा गरि प्रहरीलाई बुझाएको छ । कास्की जिल्लाको पोखरा उपमहानगरपालिका २९ नं वडास्थित कृष्णलक्ष्मी स्टोरमा लुकाएर राखिएका १२० भन्दा बढी भरी ग्यास सिलिण्डर नियन्त्रण लिई प्रहरीको रोहबरमा उपभोक्तालाई वितरण गरेको महासचिव रामप्रसाद सापकोटा ‘दिपशीखा’ जानकारी दिए ।
उपभोक्ताको सुचनाको आधारमा वाईसिएलले स्टोरमा खानथलासी गर्दा सो परिणाममा ग्यास लुकाइएको पत्ता लगाएको जनाइएको छ ।