जापानमा ६.१ रिक्टरको शक्तिशालि भूकम्प

दियो पोस्ट  

टोकियो, १९ चैत । जापानको मिए प्रान्तमा शुक्रबार बिहान ६।१ रिक्टर स्केलको भूकम्प गएको मौसम विज्ञान निकायले जनाएको छ ।

जापानको प्रमुख द्वीप होन्सुको कन्साई क्षेत्रमा सो भूकम्प गएको बताइएको छ ।

यस भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रको १० किलोमिटर गहिराईमा ३३।४ डिग्री उत्तरी आक्षांस र १३६।४ पूर्वी देशान्तरमा रहेको बताइएको छ ।

तर यस भूकम्पपछि सुनामी चेतावनी भने नदिएको बताइएको छ । यस भूकम्पबाट हालसम्म मानवीय र एवम् भौतिक सम्पत्ती क्षतिको भने कुनै पनि विवरण प्राप्त नभएको जनाइएको छ ।

सिफारिस