बेइजिङ, १९ चैत । चीनमा दुई जना वनरक्षकको जङ्गलमा लागेको डढेलोमा परी मृत्यु भएको र एक जना जलेर गम्भीर घाइते भएको बताइएको छ ।
नक्कली कागजी नोट र धुप बालेर आफ्ना पुर्खालाई सम्मान गर्ने स्थानीय चाड मनाउन जम्मा भएको एक समूहले बालेको आगो जङ्गलमा सल्केपछि पूर्वी सहर कुइङदाओ नजिकैको पहाडमा उनीहरुको मृत्यु हुन पुगेको थियो ।
आगो करिब १०० जना अग्नी नियन्त्रकको प्रयासपछि करिब दुई घण्टामा निभाइएको भए पनि वन रक्षाका लागि जङ्गल घुमिरहेका वन कर्मचारीको आगोले जलेर मृत्यु भएको सिन्ह्वा न्युज एजेन्सीले बताएको छ ।
जलेर घाइते भएका एक जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।
जङ्गलमा आगो लगाएको आशङ्कामा दुई जनालाई हिरासतमा लिइएको सिन्ह्वाले बताएको छ ।