अखिल क्रान्तिकारीद्वारा त्रिचन्द्र क्याम्पस सरसफाई

दियोपोस्ट संवाददाता

काठमाडौ ,२० चैत । ‘अखिल क्रान्तिकारीको जोड ,त्रिचन्द्रबाट हटाऔ फोहर’ भन्ने नारासाथ अखिल क्रान्तिकारीले  त्रिचन्द्र क्याम्पस सरसफाइ गरेका छन् ।

फिजिक्स र क्यामेस्टीको ल्याब फछाडि डम्पीङ साइड जस्तो बनाएको थियो । यसलाई पटक पटक सफाइ गर्न भन्दा पनि नमानेकाले आफुहरु मिलेर सफाइ अभियानमा लागेका अखिल क्रान्तिकारीका त्रिचन्द अध्यक्ष उषाकिरणले बताए । फिजिक्स र क्यामेस्टीको ल्याब फछाडि डम्पीङ साइड जस्तो बनाएको थियो, उनले भने,  ‘यो दशक पहिला देखि थुर्पेको फोहर सफा गर्न डोजर नै ल्याउनु पर्यो । अब क्याम्पसको रुप रङ नै बदल्ने छौ ,सफा सुन्दर बनाउने छौ ।’
उनका अनुसार ५ वर्ष देखि क्याम्पस हातमा सरसफाइ भएको थिएन । उनीहरुले क्याम्पस प्रशासनलाई पटक पटक भन्दा पनि नमानेपछि आफुहरुले यो सरसफाइ भएन भने हामी आन्दोलन गर्छौ भन्दै  हस्ताक्षर संकलन गरेर क्याम्पस प्रमुखलाई बुझाएपछि सफाइ गर्न राजी भएको क्रान्तिकारीका दिपक भण्डारीले बताए ।
‘क्याम्पसमा अब बगैचा बनाउने अभियान चलाउदै छौ । यसकालागि सबै क्रान्तिकारीहरु एक ठाँउमा आएका छौ । अब यो अभियान पुरा नहुन्जेल हामी मिलेर का गर्ने छौ ।’ उषाकिरणले भने ।

सम्बन्धित खबर

सिफारिस