रसुवा, २० चैत । गत वैशाख १२ को भूकम्पले भत्काएका लाङ्टाङ क्षेत्रका पर्यटकीय होटल क्रमिक रुपमा सञ्चालन हुन थालेका छन् ।
लाङ्टाङ व्यवस्थापन पुनःनिर्माण समितिका अध्यक्ष तेम्बा लामाका अनुसार भूकम्पपछि क्षति भएका होटल पुनःनिर्माण गराउने काम भइरहेको र हालसम्म आठ दश वटा पर्यटकीय होटल सञ्चालनमा आइसकेका छन् ।
हालसम्म माथिल्लो लाङ्टाङ मुन्डु र क्यान्जेनका केही होटल सञ्चालनमा आएकाले त्यहाँ पुग्ने पर्यटकलाई खान बस्न सजिलो भएको छ । यस्तै लामा होटलका केही होटल सञ्चालनमा आइसकेको तथा घोडातबेला र खानथाङ्स्येपमा पनि होटल सञ्चालन गराउने प्रयास भइरहेको अध्यक्ष लामाले बताए ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki