‘मिसन हिन्दु राष्ट्र’ भनेपछि हिमालय टेलिभिजनका पत्रकारद्वारा राजिनामा

दियो पोस्ट  

काठमाडौं, २१ चैत्र । हिमालय टेलिभिजनमा कार्यरत पत्रकार सुवास देवकोटाले जागिर छोडेका छन् । हिमालय टेलिभिजनमा समाचार प्रमुख रहेका देवकोटालाई सञ्चालकले ‘मिशन हिन्दु राष्ट्र’ भन्दै दबाव दिएपछि जागिर छाडेको बताइएको छ ।


‘नियुक्ती लिनुअघि टेलिभिजनको व्यावसायिक पत्रकारिताभन्दा अर्को मिशन नरहेको यहाँले नै बताउनुभएकोमा २०७२ चैत्र १९ गते यहाँले ‘हिन्दु राष्ट्र हाम्रो मिशन भन्नुभएपछि मैले काम गर्ने अवस्था रहेन,’ राजिनामा पत्रमा देवकोटाले भनेका छन्, ‘त्यसैले आजैको मितिबाट कार्यन्वयन हुनेगरि राजिनामा दिएको छु ।’

सम्बन्धित खबर

ट्रेन्डिङ