काठमाडौं, २१ चैत्र । राप्रपा नेपालले धर्म निरपेक्षताको खोरेजी गरि हिन्दु राष्ट्र कायम गर्न आन्दोलन गर्ने भएको छ । ३ दिनसम्म वीरगञ्जमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको प्रस्ताव अस्विकृत भए जनमत संग्रहको लागि संघर्षमा जाने निर्णय गरेको हो ।
“संविधानमा पूर्ण धार्मिक स्वतन्त्रता र सर्वधर्मकवीचमा समानता कायम राख्दै नेपाललाई हिन्दुराष्ट्रका रुपमा उल्लेख गर्न तथा धर्म निरपेक्षताको खारेजी गर्न संसदमा राप्रपा नेपालले उपयुक्त समयमा संविधान संशोधन प्रस्ताव राख्नेछ,” राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठद्वारा जारि विज्ञप्तिमा भनिएको छ,“उक्त प्रस्ताव स्वीकृत नभएमा हिन्दुराष्ट्र बारे जनमत संग्रहको माग गर्दै पार्टीले देशव्यापी संघर्ष गर्नेछ ।”
राप्रपा नेपालले संगठित रुपमा भइहेको धर्म परिवर्तनलाई निरुत्साहित गर्न हिन्दुराष्ट्र पुनर्स्थापनाका निमिक्त सशक्त दबाव सिर्जना गर्न आगामी जेठ मसान्तभित्र देशभर हिन्दुत्व जागरण भेला तथा सभाहरु आयोजना गर्ने निर्णय जारि विज्ञप्तिमा उल्लेख छ ।