काठमाडौं, २२ चैत्र । नेपाल प्रहरीका डिआईजी नवराज सिलवालले आफूमाथि पटकपटक यातना दिँदै कंगाल बनाएको आरोप लगाउँदै एक व्यक्तिले पत्रकार सम्मेलन गरेका छन् । चितवन बस्दै आएका सिन्धुपाल्चोक घर भएका गुनबहादुर (शम्भु) थापाले पत्रकार सम्मेलन गरि आफूमाथि डिआईजी सिलवालले अन्याय गरेको बताएका हुन् । सिलवालले ३ करोड ४० लाख रुपैयाँ माग्दै आफूमाथि पटक–पटक यातना दिएको उनको आरोप छ । आफूले डिआईजी सिलवालसँग लिएको पैसा फिर्ता गरेपनि ५ सय प्रतिशत ब्याजदरमा पैसा बुझाउन परेको उनले बताए । उनले डिआईजी सिलवालविरुद्ध संघर्ष समिति नै बनाएका छन् ।
राजधानीको बानेश्वर स्थित ईन्द्रेणी कम्प्लेसमा पत्रबार सम्मेलन गरि उनले सिलवालले आफूलाई यातना दिएको आरोप लगाएका हुन् ।
डीआईजी नवराज सिलवाल
के छ उनको आरोप ?
कारोबारको शिलशिलामा एक्जिम बहुउदेश्य सहकारी लि. का संचालक कोमल कुमार श्रेष्ठ लगायत नवराज सिलवाल जस्ता व्यक्तिसाग जोडिन पुग्नु मेरा लागी मात्र नभई परिवारको भविष्य माथि समेत घातकसिद्ध भयो । डिआईजी सिललवालसाग चिनजान भएको कारण मेरा चिनजानका व्यक्तिले धितो बन्धक गरी ६ महिनाको लागी सिलवालसाग १ करोड सापटी लिई दिन आग्रह गरेपछि १ महिनाको ब्याज ९ लाख र पछिल्लो महिनाबाट ३६ का दरले तिर्ने भए लगानी गर्न सकिने तर तपाईले कागज गरी दिनुपर्छ भनेपछि मिति २०६६ मंसिर २६ गते लुईटेलको श्रीमतीका नाममा रहेको काभ्रेको करिब ७ रोपनी जमिन सिलवालले ईच्छाएका नातेदार शुलोचना ढकालको नाममा रु २५ लाखको दृ.ब. गरी मैले १ करोड ९ लाखको कागज समेत उनैको नाममा गरी बेलुका सिलवालको निवासमा गएर रकम लिई निज लुईटेललाई दिएको थिएा । १ महिना पछि ९ लाख ब्याज चुक्ता गरे लगतै कोमल कुमार श्रेष्ठ भन्न व्यक्तिले छोटो समयको लागी ब्याजमा २ करोड लिई दिन आग्रह गरेपछि सिलवाल र श्रेष्ठ बिच मेरो रोहवरमा छलफल भयो । सिलवालले श्रेष्ठलाई तपाईको संस्थाको चेक दिने भए, पैसा लगानी गर्ने र २ करोडको हप्ताको २० लाख ब्याज दिनुपर्छ भनेपछि पैसा लिनेदिने सहमति भयो । तत्तपश्चात मिति २०६६ माघ १४ गते श्रेष्ठले संस्थाको चेक सिलवाललाई दिएर लेनदेन गरेको खबर फोन मार्फत मलाई अवगत गराए । ७ दिनपछि श्रेष्ठले साावा चुक्ता गर्न नसकेको हुादा २० लाख ब्याज लगि दिनुस् १ हप्ता समय सारी ब्याज पनि शौलियत गराई दिन आग्रह गरेपछि सोही प्रस्ताव लिएर म सिलवालको घर गए ।
सिलवाललाई २० लाख ब्याज चुक्ता गरी धेरै अनुरोध गरेपछि हप्ताको १२ लाख सम्म गर्न सकिने तर अर्को हप्ता साावा ब्याज नबुझाए तपाई जिम्मेवार हुनुपर्छ भन्दै सिलवाल म प्रति लक्षित हुन थाले । अर्को हप्ता साावा ब्याज चुक्ता नगरे चेक बाउन्स गरी पैसा असुल्ने कार्य मात्र गर्दिन । यी दुवै व्यक्तिले लगेको पैसा पनि तपाईले तिर्नपर्छ । पैसा चुक्ता गर्न नसक्ने भए थप सम्पति पास गरेर दिनपर्छ भनि दबाब गरेपछि, सिलवालले अप्ठरो पारेको कुरा श्रेष्ठ समेतलाई जानकारी गराई छिटो पैसा बुझाई दिन आग्रह गरो । निज श्रेष्ठले ३ हप्तासम्म १२ लाखका दरले ब्याज चुक्ता गरे । चौाथो हप्तापछि न त ब्याज तिरी दिए न त साावा । हामी जस्ता सयौा व्यक्तिको करोडौा रकम कुम्लाएर श्रेष्ठ फरार भए । उक्त घटनाको समाचार यहााहरुले पनि सार्वजनिक गर्नुभयो । श्रेष्ठ फरार भएको समाचार बाहिर आएपछि सिलवालले बारम्बार फोन गरी टर्चर गरेपछि म निजको घर गए । श्रेष्ठ फरार भए पैसा तपाईको जमानतमा दिएको हो । ३ हप्ताको बााकी ब्याज ३६ लाख तररुन्त अहिले बुझाउनुस् । साावा पनि तुरुन्तै चाहिन्छ । होईन भने अझै ४ करोड बराबरको सम्पति ग्यारेन्टी गर्नुस्, अनि मात्र यहााबाट जान सक्नुहुन्छ अन्यथा जे पनि हुनसक्छ भन्दै चरम दबाब गरेपछि बाध्य भई १२ लाखका दरले ३ महिनाको बााकी ब्याज ३६ लाख फोनबाट मगााएर चुक्ता गरेपछि अब मलाई उनीहरुसाग पैसा उठाउन केहीा समय दिनुस् । उठाउन सकिनछु भने गल्तीको सजाय भोगौाला । साावा तिर्छु तर मनासिब ब्याज भन्दा तिर्न सक्दिन भन्दा पैसा बुझाउदै जानुस् के गर्नपर्छ पछि हेरौाला भनेपछि २०६७ आषढ ७ गते सिलवाल स्वयमलाई २ करोड सााबा फिर्ता गरे । बााकी पैसाका लागी थप सम्पति पास गरी दिनुपर्छ भनि दबाब गरेपछि पैसा चुक्ता गरे उप्रान्त फिर्ता गर्ने शर्तमा मकवानपुर जिल्लाको ज्यामिरे हाईवेएमा पर्ने डेढ विगाह जमिन समेत पास गरी दिएको प्रमाण यहााहरुलाई उपलब्ध गराएका छौा । पैसा उठाउन डिआईजी सिलवालले पटक पटक आफुलाई पक्राउ गरेर समेत दु:ख दिएको उनको दाबी छ । डिआईजी सिलवालले भने थापाले आफुविरुद्ध दुष्प्रचार गर्दै आएको बताउदै आएका छन् । सिलवाल हाल केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)मा कार्यरत छन् । उनी प्रहरीका भावी आईजीपीका एक दाबेदारमध्ये एक हुन् । प्रहरीकै आफ्नै प्रतिस्पर्धीहरुले आफुरुविरुद्ध गलत प्रचार गर्न लगाएको उनले बताउने गरेका छन् ।