काठमाडौं, २२ चैत्र । भ्रष्टाचारको अभियोग लागेका नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख सुवास निरौला विशेष अदालतमा बयानका लागि गएका छन् । ‘उहाँ यतिबेला बयान दिँदै हुनुहुन्छ, अहिले आदेश भईसकेको अवस्था छैन,’ विशेष अदालतका रजिस्टार भद्रकाली अधिकारीले भने, ‘आज नै यो विषयमा फैसला हुन्छ ।’
निरौला माथि बोर्डको करोडौ रकम भ्रष्टाचार गरेको मुद्दा परेको थियो । उनी आफैले ३३ करोड भ्रष्टाचार गरेको अभियोग लागेको छ । उनको शैक्षिक प्रमाण पत्र समेत नक्कली भएको आरोप लाग्दै आएको थियो ।
लामो समय सम्पर्कमा नआएका निरौला आज पहिलो पटक अदालतमा बयानका लागि आएका हुन् । २०७१ चैत २३ गते उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो ।