BREAKING NEWS :: सुवास निरौलालाई तीन करोड धरौटी

BREAKING NEWS :: सुवास निरौलालाई तीन करोड धरौटी

काठमाडौं, २२द्द चैत्र । विशेष अदालतले भ्रष्टाचारको अभियोग लागेका पर्यटन बोर्डका पुर्व कार्यकारी प्रमुख सुवास निरौलालाई तीन करोड धरौटी मागेको छ । ‘उहाँलाई तीन करोड धरौटी बापत ल्याउन भनिएको छ,’ विशेष अदालतका रजिस्टार भद्रकाली अधिकारीले दियोपोस्टसँग भने, ‘उहाँले बैंक ग्यारेन्टी पनि ल्याइसक्नुभएको छ ।’
निरौलाले सिद्धार्थ बैंकबाट जमानत गराएका छन् । उनलाई केही समय भित्रै छुटाईने जनाइएको छ ।
निरौला माथि बोर्डको करोडौ रकम भ्रष्टाचार गरेको मुद्दा परेको थियो । उनी आफैले ३३ करोड भ्रष्टाचार गरेको अभियोग लागेको छ । उनको शैक्षिक प्रमाण पत्र समेत नक्कली भएको आरोप लाग्दै आएको थियो । लामो समय सम्पर्कमा नआएका निरौला आज पहिलो पटक अदालतमा बयानका लागि आएका हुन् । २०७१ चैत २३ गते उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

Trending News