खुश्बुको विहेमा केपी ओली

खुश्बुको विहेमा केपी ओली

काठमाडौं, २३ चैत्र । गुण्डा नाईके तथा एमाले कार्यकर्ता दिनेश अधिकारी ‘चरि’ प्रहरी ईन्काउन्टरमा मारिएपछि एकाएक चर्चाकी पात्र बनेकी खुश्बु ओली फेरि चर्चामा आएकी छन् । मंगलबार एक साप्ताहिकले उनलाई राजजनीतिक नियुक्ती दिने समाचार छापेपछि उनी फेरि चर्चामा आएकी छन् । उपप्रधान तथा समाजकल्याण मन्त्री सिपी मैनालीले समाज कल्याण परिषद्को उपाध्यक्ष बनाउन लागि परेको उक्त साप्ताहिकले दाबी गरेको थियो । चरि हत्यापछि विदेशिएकी खुश्बुको सन्तोष कार्कीसँग विवाहा समेत भइसकेको छ ।
सन् २००६ को मिस टिन समेत रहेकी उनीबारे पटक पटक विवादास्पद समाचारहरु सार्वजनिक हुने गरेका छन् । यसैबीच हालै उनी र प्रधानमन्त्री केपी ओलीबीचको सम्बन्धलाई लिएर समेत सामाजिक सञ्जालहरुमा प्रश्न उठाइने गरेको छ । राजनीतिक नियुक्तीको समाचार आएपछि ओलीसँग खास सम्बन्धलाई कारक मानिएको छ ।

प्रधानमन्त्री केपी ओली र खुश्बुबीच निकै राम्रो सम्बन्ध रहेको बताइएको छ । गत फागुनमा सम्पन्न भएको खुश्बुको विवाहामा प्रधानमन्त्री केपी ओली समेत पुगेको बताइएको छ । एक एन्ड यति होटलमा सम्पन्न भएको उनको विवाहामा ओली पुगेका थिए । खुश्बुले आफ्नो विवाहाको बेला ओलीसँगको तस्बिर निकै सजाएर राखेकी छिन् । बेलायतको अक्सफोर्ड विश्व विद्यालयमा अध्ययन गर्दै गरेकी खुश्बु र प्रधानमन्त्री ओलीबीच पारिवारिक नाता रहेको बताइएको छ ।

Trending News