नयाँ शक्तिको स्थापना भेला जेठमा, कालोबजारी विरुद्ध आन्दोलन घोषणा

दियो पोस्ट  

 
काठमाडौं, २३ चैत्र । नयाँ शक्ति नेपालको केन्द्रीय सचिवालयको बैठकले आगामी २०७३ साल जेठ २९, ३० र ३१ गते पार्टी स्थापना राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । चैत २२ र २३ गते केन्द्रीय कार्यालय बबरमहलमा बसेको केन्द्रीय सचिवालयको बैठकले अब संगठन विस्तार अभियानलाई व्यापकता दिने निर्णय पनि गरेको छ । संयोजक भट्टराईको अध्यक्षमा बसेको बैठकले विभिन्न निर्णहरु गरेको छ । सचिवालयको बैठकले
सोमबार बसेको बैठकले मुमाराम खनालको नेतृत्वमा नौ महिनाको लागि संगठन विस्तार अभियान थाल्ने निर्णय गरेको थियो । मंगलबार सम्पन्न बैठकले भने २ महिनासम्म आर्थिक संकलन अभियान सञ्चालन गर्ने भएको छ ।
त्यस्तै राजनैतिक, संगठनात्मक तथा विधान, आर्थिक नीति तथा सुशासन बारेमा वैशाख ३० गतेभित्र मस्यौदा दस्तावेज तयार गरी सार्वजनिक सुझावकालागि पठाउने निर्णय गरिएको जारि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै वैशाख ३ देखि १० गतेसम्म तराई–मधेश र थरुहट क्षेत्रमा बाबुरामकै नेतृत्वमा विशेष अन्तरक्रिया र परामर्शका कार्यक्रम सञ्चालन गरिने भएको छ ।
नयाँ शक्तिले भूकम्प पीडितको पक्षमा समेत आन्दोलन गर्ने भएको छ । उनीहरुले भूकम्पपीडितको मुद्दा र नाकाबन्दीको माहोलमा मौलाएको भ्रष्टाचार र कालोबजारी अभावबारे दबाव दिन चैत्र २८ गते भद्रकालीमा धर्ना दिने भएको छ । यसलाई सांकेतिक धर्नाको रुप दिएको छ ।
बैठकको समापनमा भट्टराई पार्टी स्थापना भेला राजधानीमा भव्यताका साथ गरिने बताएका थिए ।

सम्बन्धित खबर