राजविराज, २५ चैत । सप्तरीको मल्हनिया गाविसबाट प्रहरीले गएराति तीन बोरा गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही गाविसका ४५ वर्षीय शुभकलाल यादव करिब ४५ केजी गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए।
निजलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । बरामद गाँजा भन्सार कार्यालय राजविराजमा बुझाइएको छ ।
त्यस्तै, राजविराजबाट भारततर्फ लाँदैगरेको दुई केजी ५०० ग्राम चाँदी सप्तरीको बरही वीरपुर–१ स्थित नहरचोकबाट सो चाँदी बरामद गरिएको बताइएको छ । चाँदी भन्सार कार्यालयमा बुझाइएको छ भने लाने व्यक्ति फरार भएको प्रहरीले जनाएको छ ।