सिन्धुलीमा आगलागी एक विद्यालयसहित पुरै गाउँ नै जल्यो

diyopost.com
bestnp  शुक्रबार, चैत्र २६, २०७२ | ९:१५:०७

काठमाडौं, २६ चैत्र । सिन्धुलीको भूवनेश्वरी गाविसमा आगोलागिका कारण ३० घर जलेर नष्ट भएको छ । त्यस्तै एक विद्यालय पनि आगलागीबाट जलेको बताइएको छ ।

विहान ११ बजेदेखि भूवनेश्वरी गाविसको वडा नम्बर ७ बाट सुरु भएको आगलागी वडानम्बर ९ सम्मप फैलिएको छ । प्रहरी निरिक्षक सर्वश्री सिंहका अनुसार अहिलेसम्म मानवीय क्षेतिको कुनै विवरण आएको छैन । ‘यो आगोलागि निकै ठूलो छ । हामीसँग आगो नियन्त्रण गर्नसक्ने कुनै साधन छैन । पानीको पनि अभाव छ । डाँडो पनि निकै सुख्खा छ,’ सिंहले दियोपोस्टलाई जानकारी दिँदै भने, ‘हामी नियन्त्रण गर्ने प्रयासमा छौं, जिल्लाबाट सेनाको टोली पनि मुभ भईसकेको छ ।’

आगलागीबाट वडानम्बर सातको मुर्गिटोलमा रहेको मुर्गि प्रां.वि जलेर नष्ट भएको छ । सिंहका अनुसार आगलागी नियन्त्रणका लागि स्याउलाको समेत अभाव छ । अहिले घटनास्थलमा १५ जनाको प्रहरी टोली नियन्त्रण गर्ने प्रयासमा जुटिरहेको छ ।

सम्बन्धित खबर