काठमाडौं, २६ चैत्र । कांग्रेस सभापति शेरबहादुर देउवाले बार अध्यक्षमा निर्वाचित भएका शेरबहादुर केसीलाई बधाई दिएका छन् । ‘नेपाल बार एसोसिएसन को चुनावमा निर्वाचित हुनुभएका अध्यक्ष शेर बहादुर केसी सहित सम्पूर्ण कार्यसमिति लाई हर्दिक बधाई दिन चाहन्छु, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बार र बेञ्च बिच सुमधुर सम्बन्ध कायम गरि न्यायलय को गरिमा लाई कायम राख्दै अझ उचाईमा पुर्याउन यो कार्यसमिति पुर्णरुपमा सफल हुनेछ भन्ने बिश्वास लिएको छु….जयनेपाल…’
शुक्रबार सम्पन्न मत गणना अनुसार उनी लोकतान्त्रिक प्यानलका केसी विजयी बनेका हुन् ।
महासचिवमा पनि उनकै प्यानलका खम्म बहादुर खाती विजयी भएका छन् । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । मतदाता नौ हजार ५२२ मध्ये सात हजार ८४५ मत खसेको थियो ।
बारको नयाँ नेतृत्वका लागि लोकतान्त्रीक र प्रगतिशील समूहबीच प्रतिस्पर्धा भएकोमा लोकतान्त्रीक समुहमा काँग्रेस निकटका कानुन व्यवसायीहरु छन् भने, प्रगतिशिल समुहमा एमाले, सवै माओवादी, अन्य साना कम्युनिष्ट घटकहरु र मधेशी दल निकटका कानुन व्यवसायीहरु रहेका छन् ।